अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना मुलुक जोगाउन गाह्रो छः कमल थापा

अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना मुलुक जोगाउन गाह्रो छः कमल थापा


राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । 

पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अस्थिरता र अराजकताको अन्त्य ब्यक्ति परिवर्तनबाट संभव नहुने हुँदा अब व्यवस्था परिवर्तन गर्नुको बिकल्प नभएको दाबी गरेका हुन् । 

व्यवस्था परिवर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केही पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भैसकेकोले अब सबै अटाउने कोहि निषेध हुनु नपर्ने मौलिक प्रजातन्त्र देशलाई आवश्यक रहेको बताए। 

राजादेखि विप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र,सर्वधर्म सद्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानिय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो। 

Logo