काठमाडौं ।
कोरोना भाइरसको असरका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालबाट रोजगारी तथा विभिन्न कामको लागि विदेशमा गएका नेपाली नागरिक अप्ठ्यारोमा परेका छन् । उनीहरू लामो समय घर आउन पाएनन् भने, विदेशमा नै विभिन्न कारणले मुत्यु भएका नेपालीहरुको शव पनि ल्याउन सकिएको थिएन । तर, सरकारले तीन साता अगाडीदेखि विदेशमा मुत्यु भएका तथा अलपत्र परेका नेपाली नगारिकलाई स्वदेश फर्काउने काम तिब्र पारिएको छ ।
लकडाउनको अवधिमा मात्र विदेशमा ३ सय १८ जना नेपालीको विभिन्न कारणले मुत्यु भएको छ । जसमध्ये १३० जनाको कोरोना संक्रमणको कारणले मुत्यु भएको छ । यसमध्ये ११४ जनाको शव विदेशमा नै अन्त्येष्टि गरिएको तथा बाँकी शवलाई नेपाल ल्याउने क्रम जारी रहेको र हालसम्म ९१ जनाको शव स्वदेश ल्याइएको वैदेशीक रोजगार बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म नेपाल ल्याइएका शव मध्ये कतारबाट २०, मलेसियाबाट ३१, साउदी अरबबाट २०, बहराइनबाट ३, कुवेतबाट ७, यूएईबाट ५ र ओमानबाट १ जनाको शव नेपाल ल्याइएको छ । सुवेदीका अनुसार, ‘अझै १ सय १३ जनाको शव ल्याउन बाँकी रहेको छ । बाँकि रहेका शवलाई पनि क्रमिक रुपमा ल्याउने तयारी भइरहेको सुवेदी बताउँछन् ।
हालसम्म कोरोना असरका कारणले विदेशमा अलपत्र परेका तथा नेपाल आउन चाहने १२ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । यसैक्रममा मंगलबार मात्र सात उडानबाट १२ सय ९४ जना नेपाल स्वदेश फर्किएका छन् । जसमध्ये, अमेरिकाबाट नेपाल एयरलाइन्सको उडानमार्फत २ सय ६० जना, मलेसिया, कतार र कुवेतबाट क्रमशः १ सय ५०, १ सय ५० र २ सय ६० जना स्वदेश फर्किएका छन् । त्यस्तै, साउदी अरेवियाबाट हिमालय एयरलाइन्सको उडानमा १ सय ५४ जना, कुवेतबाट जजिरा एयरलाइन्सको दुई वटा उडानमार्फत १ सय २० जना नेपाली स्वदेश फर्किएका छन् ।





























प्रतिक्रिया