अखाद्य वस्तु बेच्ने टिपटप मिठाई पसललाई दुई लाख जरिवाना

अखाद्य वस्तु बेच्ने टिपटप मिठाई पसललाई दुई लाख जरिवाना


काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई रु दुई लाख जरिवाना गरेको छ । 

बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
      
दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए । महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ । 

Logo