सानेपास्थित स्टार हस्पिटलमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

सानेपास्थित स्टार हस्पिटलमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका रौतहटका २९ वर्षीय पुरूषको शनिबार राति आठ बजे मृत्यु भएको थियो । उनी शनिबार दिउँसो ४ बजे उक्त अस्पतालमा पुगेका थिए । अस्पतालले उनमा कोरोनाको आशंका गर्दै कोरोना संक्रमतिको लागि छुट्याइएको आइसियुमा भर्ना गरिएको थियो ।

शनिबार नै मृत्यु भएपनि कोरोना परीक्षणको रिपोर्ट नआइसकेकाले उनको शव अस्पतालमै थियो । मृतक युवकको अन्तिम संस्कारका लागि नेपाली सेनाले तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टार अस्पतालमा निधन भएका व्यक्तिमा कोरोना पुष्टि भएको आधिकारिक घोषणा गरेको छैन ।

अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि अहिले उनको उपचारमा खटिएका १४ जना चिकित्सक तथा स्वास्थ्य कर्मीलाई पनि क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको तयारी भइरहेको छ ।

योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

Logo