बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीको र्‍याली

बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीको र्‍याली


काठमाडौँका फुटपाथमा व्यवसाय गर्नेहरूले धन्यवाद र्‍याली निकालेका छन्।

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौँ महानगरपालिकाबीच भएको सहमतिको स्वागत गर्दै उनीहरूले र्‍याली निकालेका हुन्।

फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो।जसको स्वागत गर्दै व्यवसायीहरूले सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन्।

Logo