रेमिट्यान्सले बनायाे नयाँ रेकर्ड, असोजमा मात्रै भित्रियो १ खर्ब ३६ अर्ब

रेमिट्यान्सले बनायाे नयाँ रेकर्ड, असोजमा मात्रै भित्रियो १ खर्ब ३६ अर्ब


नेपालीहरुको महान् चाड दसैंको माहोलले गर्दा असोजमा हालसम्मकै उच्च रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको हो । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै बढी रेमिट्यान्स हो ।  

तीन महिनामा अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई ३ खर्ब ६५ अर्ब ३४ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेको थियो । गत असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १३ हजार तीन सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार दुई सय ९७ रहेको छ ।
 

Logo