काठमाडौं ।
बिहान १० बजेर ५० मिनेटदेखि खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेटदेखि ग्रहण शुरु भएको हो।
आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्नेछ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
चर्चित यूवा ज्योतिष हरिहर अधिकारीले सूर्यग्रहणका विविध पक्षबारे केन्द्रबिन्दु टिभीको फेसबुकबाट लाइभ प्रस्तुति दिंदै हुनुहुन्छ, हेरौं भिडियोमा :
&;
प्रतिक्रिया