थपिए ६७१ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ७,८४८ पुग्यो

थपिए ६७१ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ७,८४८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । आज ६७१ जना थपिएका छन् । बुधबार ५८६ जना थपिएका थिए । मंगलबार ४५१ जना थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

उपचारपछि निको हुनेको संख्या १ हजार १८६ जना पुगेको छ । आज १९ जना निको भएका छन् । बुधबार ९ जना निको भएका थिए । मंगलबार ११७ जना निको भएका थिए ।

मृतकहरुको संख्या २२ जना पुगेको छ । आज २ जनाको मृत्यु भएको छ । संक्रमित जिल्ला ७४ पुगेको छ । आज मनाङमा पनि कोरोना संक्रमण देखिएको छ ।

Logo