कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लागू गरिएको लकडाउन गत जेठ २८ गतेदेखि खुकुलो भएको छ । सरकारले विभिन्न पेशा व्यवसाय संचालन गर्न दिने निर्णय गरेपनि सार्वजनिक यातायात संचालनमा आउन नसक्दा बजार चलायमान हुन सकेको छैन ।
सार्वजनिक यातायात संचालनका लागि यातायात व्यवस्था विभागले कार्यविधि बनाएपनि सरकारले कुनै निर्णय गरेको छैन । सरकारले उचित वातावरण नबनाइ दिँदा सार्वजनिक यातायात संचालन गर्न कठिनाइ आएको बताउँछन् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला । केन्द्रबिन्दुसँग विशेष कुराकानी गर्दै सिटौलाले व्यवसायीको अरबौ लगानी डुब्ने खतरा रहेको बताए ।
तीन महिनादेखि ग्यारेजमा थन्किएका ८० प्रतिशत सवारीसाधन मर्मत गर्नूपर्ने अवस्था आएको उनको भनाइ छ । सार्वजनिक यातायातले हाल एम्बुलेन्सले जस्तै काम गरिरहेको बताउँदै उनले यातायात व्यवसायीको समस्या बुझिदिन सरकारलाई आग्रह गरेका छन् ।
सार्वजनिक यातायात क्षेत्रमा झण्डै १० खर्ब भन्दा बढीको लगानी रहेको छ । जसमा ८ खर्व रुपैँयाँ बैंकहरुको लगानी छ । लामो तथा छोटो दूरीका गरी ३ लाखभन्दा बढी साना, ठूला सार्वजनिक यातायातका सवारी हाल ग्यारेजमा थक्किएर बसेका छन् । प्रत्यक्ष रुपमा ६० लाख भन्दा बढी मजदुरहरु यस क्षेत्रमा कार्यरत छन् ।
प्रस्तुत छ, सार्वजनिक यातायात सम्बद्ध ब्यबसायीहरूले भोगिरहेको समस्या र यातायात संचालनका लागि भइरहेको पहलका विषयमा नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासँग गरिएको कुराकानी :





























प्रतिक्रिया