प्रधानसेनापति थापा र महानिरीक्षक खनाल कालापानी प्रस्थान

प्रधानसेनापति थापा र महानिरीक्षक खनाल कालापानी प्रस्थान

केन्द्रबिन्दु
0
Shares

भारतले अतिक्रमण गरेको नेपाली भूमि निरीक्षणका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङरुतर्फ गएका छन् ।

दुवै प्रमुखले कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षण गर्ने तथा दार्चुलाको तिंकर सडक खण्डको अनुगमन गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनीहरु धनगढी हुँदै सेनाकै हेलिकोप्टरमार्फत दार्चुलाको छाङरु जाने बताइएको छ । निरक्षणमा नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत सहभागी हुने बताइएको छ ।

सरकारले गत वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो ।

Logo