भरत तालमा समुन्द्री एडभेन्चर ‘वाटर स्कुटर’ सञ्चालन

भरत तालमा समुन्द्री एडभेन्चर ‘वाटर स्कुटर’ सञ्चालन


सर्लाहीको बागमती नगरपालिकामा रहेको ‘भरत ताल’ मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ सञ्चालनमा आएको छ।तालको भ्रमणमा आउने पर्यटकका लागि आकर्षित गर्ने उदेश्यसहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको हो। 

जलयानको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमा समुद्री जलसयरको मज्जा लिन सकिने सञ्चालक कम्पनी बागमती इन्टरटेनमेन्ट प्रालिका सञ्चालक गौतम खड्काले बताए। 

जलयानमा चालकसहित तीन जनासम्म बसेर जलसयर गर्न सकिनेछ। ५५ लाखको लागतमा सञ्चालनमा ल्याइएको यस ‘वाटर स्कुटर’ सम्भवतः नेपालमा पहिलो भएको खड्काको दाबी छ। 

यसलाई अंग्रेजीमा ‘वाटरक्राफ्ट’, ‘वाटर स्कूटर’, ‘जेट स्की’ वा ‘सी-डू’ समेत भनिने संचालक कम्पनीले जनाएको छ। यस साहसीक जल सयरको ५ सय देखी १५ सय सम्म टिकट तय गरिएको कम्पनीले जानकारी दिएको छ।

बागमती नगरपालिका-१२ र ४ मा निर्माणाधिन बागमती माछा पोखरी अर्थात ‘भरत ताल’मा उक्त ‘वाटर स्कुटर’को विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो।

Logo