प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग

प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले लिखित कारण माग गर्दै विषय वस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवश्यक देखिएको भनी रिटलाई अग्राधिकारसमेत दिएको हो ।

महिला कानुन तथा विकास मञ्चको तर्फबाट अधिवक्ता सविन श्रेष्ठ, नविन कुमार श्रेष्ठ, पूर्णा श्रेष्ठ, सोनाली रेग्मी, रोशना श्रेष्ठ र दीपेश श्रेष्ठले संयुक्त रुपमा रिट दायर गरेका थिए । अग्राधिकार दिएको रिटलाई मुद्दा सुनुवाइका क्रममा प्राथमिकतामा राखिने मञ्चको निर्देशक समेत रहेका अधिवक्ता सविन श्रेष्ठले बताए।

संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएको तथा सरकारले अन्तरराष्ट्रिय महासन्धि तथा प्रतिज्ञापत्र अनुमोदन गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न संसदबाट सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ पारित भए पनि कार्यन्वयनका लागि अझै नियमावली बनेको छैन ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली निर्माण गर्न, ऐन वमोजिम प्रजनन् स्वास्थ्य समन्वय समिति तत्काल गठन गर्न, किशोरी तथा अपाङ्गमैत्री सेवा सम्बन्धी निर्देशिका बनाउन रिटमा परमादेशको मागसमेत गरिएको छ ।रासस

Logo