दक्षिण कोरियाद्वारा ५० हजार किट प्रदान

दक्षिण कोरियाद्वारा ५० हजार किट प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले मंगलबार रु ६ करोड २५ लाख बराबरका ती परीक्षण उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. राजन पोखरेललाई हस्तान्तरण गरे। कोरियाले मंगलबार २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ ।–रासस

Logo