जुम्लाका क्वारेन्टाइनबाट २४९ जना घर फिर्ता

जुम्लाका क्वारेन्टाइनबाट २४९ जना घर फिर्ता

केन्द्रबिन्दु
0
Shares

जुम्ला।
कोभिड १९ को सङ्क्रमण रोकथामका लागि जुम्लाका क्वारेन्टाइनमा बसेका २४९ जना घर फर्किएका छन् । भारत लगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टाइन अवधि पूरा गरी घर फर्किएका हुन् ।

पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका ती व्यक्ति घर फर्किएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । आठवटा स्थानीय तहमध्ये तिला गाउँपालिका र हिमा गाउँपालिकाका क्वारेन्टाइनमा मात्रै ५०० जनालाई राखिएको थियो ।

तिला, गुठीचौर, पातारासी र चन्दननाथ नगरपालिकाका क्वारेन्टाइनका व्यक्ति धैरैजसो घर फर्किसकेको जनस्वास्थ्य कार्यलयल जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । यहाँका आठवटै स्थानीय तहमा ८०० शैया क्षमताको क्वारेन्टाइन तयार गरिएको छ ।

क्वारेन्टाइनमा बसेका २५७ जनाको पिसिआर परीक्षण गरिएकोमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । हाल जिल्लामा ५२८ जान क्वारेन्टाइनमा छन् भने जिल्लाका आठवटै हेल्थ डेस्कमा अहिलेसम्म करीब १२ हजार १२९ जनाले स्वास्थ्य परीक्षण गराएको जनाइएको छ ।रासस

Logo