काठमाडौं । अहिले बसिरहेकाे प्रतिनिधि सभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधनको विधेयकमा मतदान हुँदैछ । सरकारले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर जेठ ७ मा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । नयाँ नक्सा जारी भएसँगै नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न संविधान संशोधन गर्न लागिएको हो ।
अाजकाे प्रतिनिधि सभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधनको विधेयकका पक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका अन्य साना दलहरुले बताइसकेका छन् ।
आजको संसद बैठकमा संविधान संशोधन विधेयक कार्यसूचिमा राखिएको छ । यसैले संविधान संशोधनको प्रस्तावमाथि आज नै संसदमा मतदान पनि हुँदैछ । सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका अन्य साना दलहरुले पनि बताइसकेका छन् ।
प्रतिक्रिया