लकडाउन खुकुलो: निजी सवारीमा जोर बिजोर, रेस्टुरेन्टबाट प्याकिङ मात्रै

लकडाउन खुकुलो: निजी सवारीमा जोर बिजोर, रेस्टुरेन्टबाट प्याकिङ मात्रै

केन्द्रबिन्दु
0
Shares

सरकारले लकडाउनलाई खुकुलो बनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

अब एकल चालक रहनेगरी मोटरसाइकल तथा साइकल सञ्चालनमा आउनेछन् । निजी सवारीसाधन जोरबिजोरको आधारमा चल्ने छन् । सवारी साधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताए ।

कृषि तथा पशुपंक्षी व्यवसायका उत्पादन तथा वितरण, उद्योग, व्यापार, व्यवसाय र पसल तथा डिपार्टमेन्टल स्टोर खुला हुनेछ । सबै प्रकारका ढुवानी सेवा सञ्चालनमा आउनेछन् ।

अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ । उनका अनुसार अब पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने अर्को सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ ।

Logo