काठमाडौं ।
वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नेपाली नागरिक मध्ये १ सय ५० जना बिहीबार स्वदेश फर्किएका छन् ।
कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका १ सय ५० जना नेपाली नागरिक बिहीबार काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारको पहलमा उनीहरु नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाले साझा बसमार्फत उनीहरुलाई होल्डिङ सेन्टरमा पु¥याएको थियो । जजिरा एयरवेजको न्यारोबडी मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । बिहीबार नै अर्को विमानबाट कुवेतबाट नेपालीहरु आउने समय तालिका तय भएको छ ।
कुवेतबाट २ हजार ९ सय ९१ जनाले नेपाल फर्किन चाहेका छन् । अन्यलाई चरणवद्ध रुपमा स्वदेश फर्काइने सरकारले जनाएको छ ।





























प्रतिक्रिया