काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । आज २७९ जना थपिएका छन् । मंगलबार ३२३ जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । सोमबार पनि ३१४ जना नयाँ संक्रमित थपिएका थिए ।
यस्तै उपचारपछि निको हुनेको संख्या ६७४ पुगेको छ । आज ९० जना निको भएका छन् । मंगलबार ९६ जना निको भएका थिए । मृत्यु भएकाको संख्या १५ रहेको छ । सोमबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेको थियो । हाल सम्म देशका ७२ जिल्लामा संक्रमित देखिएका छन् ।
गत २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १ जना, कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतालमा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवपरासी पश्चिमका ५ जनामा पोजेटिभ देखिएको उनले बताए ।
यस्तै पाल्पामा १२, प्युठानका ६ रुपन्देहीका ७ जना, भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३, बर्दियाका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सप्तरीका ६, दैलेखका २५ जाजरकोटका ३, सुर्खेतका ९ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती अस्पतालमा भएको परीक्षणमा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जना र धुलिखेल अस्पतालमा भएको परीक्षणमा सर्लाही १० र कपिलवस्तुको १९ जनामा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ९० जनासहित आजसम्म ६ सय ७४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरी १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन् । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।





























प्रतिक्रिया