काठमाडौं ।
३ दर्जन बढी यात्रु बोकेर क्वारेन्टाइन जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना भएको हो ।
उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । बाइस यात्रु सकुशल रहेको र टिपर चालक फरार रहेको जनाइएको छ ।
बेपत्ताको खोजी भइरहेको र नौ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए । विस्तृत विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया