काठमाडौं । स्वास्थ्य सुरक्षा अपनाउँदै लकडाउनको मोडालिटी परिवर्तन गर्न व्यवसायीहरुले माग गरेका छन् । आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
लामो समय लकडाउन हुँदा श्रमिक र व्यवसायी समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुले सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल व्यवसायलाई सञ्चालन गर्न सकिने, यातायातका साधनहरुलाई पनि पहिलो प्राथमिकतामा राखेर खोल्नुपर्ने, होटल व्यवसायलाई क्रमश सञ्चालन गर्नुपर्ने गरी योजनावद्ध रुपमा सबै क्षेत्रलाई खोल्नु पर्ने बताएका हुन् ।
उद्योगी व्यवसायीहरुले लामो समय लकडाउन भएका कारण हरेक वस्तु तथा सेवा अत्यावश्यक भइसकेकाले तत्काल खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै उत्पादन मुलक उद्योगलाई खोल्ने तर यातायात र पसलहरुलाई नखोल्ने हो भने कुनै अर्थ नहुने उनीहरुको धारणा छ । त्यसैले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर न्यूनतम स्वास्थ्य सुरक्षाका विधिहरु अपनाई खोल्ने व्यवस्था गर्नुपर्ने व्यवसायीको माग छ ।





























प्रतिक्रिया