काठमाडौं ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो पटक मृत्यु भएका कर्णाली प्रदेशको डोल्पाका ५८ वर्षिय पुरुष हुन् ।
जेठ २१ गते उनको मृत्यु भएको र आज उनको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
उनी डोल्पा जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष हुन् । दमका बिरामी रहेका उनी श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि सुर्खेत गएका थिए । उनको २१ गते मृत्यु भएको र २२ गते स्वाब परिक्षणका लागि संकलन गरिएको थियो । उनको २३ गते आएको रिपोर्टमा नतिजा पोजेटिभ आएको हो । सुर्खेतबाट फर्केका उनी जेठ १९ गतेसम्म आफ्नै घरमा होम क्वारेन्टाइन बसेका थिए ।
स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म २ हजार ९१२ जनामा संक्रमण, ११ जनाको मृत्यु र ३३३ जना निको भएको तथ्यांक सार्वजनिक गरेको थियो ।






























प्रतिक्रिया