काठमाडौं ।
आज उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरुको संयुक्त रुपमा आकस्मिक बैठक बसेको छ ।
लकडाउनको ७३ औं दिन उपत्यकामा उल्लंघन हुँदै बजार खुल्न थालेपछि यसै विषयमा छलफल गर्नका लागि बैठक बसेको बुझिएको छ ।
बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरु, सुरक्षा निकाय तथा स्थानीय तहका पदाधिकारीहरुको समेत सहभागिता रहेको छ । बैठकलाई महत्वका साथ हेरिएको छ ।





























प्रतिक्रिया