काठमाडौं ।
नेपाली काँग्रेसले नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको हाइस गाडी दुर्घटनामा परी १२ जनाको निधन भएको तथा अन्य व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी राप्तीसोनारी गाउँपालिका–२ स्थित ठुरिया जंगलमा आइतबार राति दुर्घटना भएको थियो । काँग्रेसले सोमबार एक विज्ञप्तिमार्फत मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथै सवारी दुर्घटनाको यथार्थ छानविन गर्न तथा घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।





























प्रतिक्रिया