कपिलवस्तु । पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहलमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । भारतीय सीमा क्षेत्रमा रहेको कपिलवस्तुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पञ्जा, मास्क, पीपीई र गाउन लगायतका स्वास्थ्य समाग्री वितरण गरिएको हो ।
महामारीको बेला अग्रपक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीमाथि हुन सक्ने उच्च जोखिमलाई ख्याल गर्दै कोरोना विरुद्धको लडाईमा सानो सहयोग गरेको पूर्व मन्त्री दयालको भनाइ छ । साथै, उनले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै व्यक्तिगत सुरक्षा अपनाउँदै काम गर्न समेत सुझाव दिएका छन् । पूर्वमन्त्री मिश्राको पहलमा नेकपा नगर अध्यक्ष जाबेद आलम खाँले १२ जना पत्रकारहरुलाई पीपीई सेट, मास्क र पञ्जा, एक जना स्वास्थ्यकर्मीलाई गाउन, मास्क र पञ्जा हस्तान्तरण गरेका थिए ।
त्यस्तैगरी प्रहरी चौकी भिल्मी, कुशहवा बढनी र सशस्त्र सीमा सुरक्षा बल कर्मालाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा सामाजिक दूरी कायम गर्दै सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको शरिरमा सेनिटाईज समेत गरिएको थियो ।





























प्रतिक्रिया