सलह किरा भारतसम्म आइपुग्दा पनि सरकार सचेत नभएको सांसदको आरोप

सलह किरा भारतसम्म आइपुग्दा पनि सरकार सचेत नभएको सांसदको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सलह किरा छिमेकी मुुलुक भारतसम्म आएको बेलमा पनि सरकार त्यसतर्फ सचेत बन्न नसकेको नेपाली कांग्रेसका सांसदले आरोप लगाएका छन् । आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद सत्यनरायण शर्मा खनालले त्यस्तो आरोप लगाएका हुन् । सलह किरा नेपाल भित्रिएमा भोकमरीको अवस्था आउन सक्ने उनको भनाइ छ ।

उनले भने–‘खेती लगाउने समयमा मल बिउको अभाव र डरलाग्दो सहलको हुल छिमेकमा आएर यता हेर्दैन । सरकार मिठो मादलको धुनमा व्यस्त छ ।’

अफ्रिकाबाट इरान, पाकिस्तान हुँदै सलह किरा भारतसम्म आएको छ । भारतसँम्म आएको किरा नेपालमा पनि आउन सक्ने र भोकमरी ल्याउने भन्दै सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिएको छ । तर नेपाल कृषि अनुसान्धन परिषद् (नार्क) ले नेपालको वातावरणका कारण सलह किरा आउने सम्भावना अत्यान्तै न्यून रहेको बताएका छन् ।

Logo