प्रतिनिधि सभाकाे बैठकमा मन्त्री तुम्बाहाङ्फेद्वारा संविधान संशोधन विधेयक पेस (लाइभ)

प्रतिनिधि सभाकाे बैठकमा मन्त्री तुम्बाहाङ्फेद्वारा संविधान संशोधन विधेयक पेस (लाइभ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधि सभा बैठकमा पेस हुने भएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकको कार्यसूचीको पहिलो नम्बरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गर्ने उल्लेख गरिएको छ ।

गत जेठ २ गते सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली भूमि समावेश गरी नयाँ नक्सा जारी गर्ने उल्लेख गरिएको थियो । सोही अनुसार गत जेठ ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ नक्सा जारी गर्ने प्रस्ताव पारित गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत जेठ ७ मा नेपालको राजनीतिक एवं प्रशासनिक नक्सा सार्वजनिक गरेकी थिइन् । नयाँ नक्सा जारी भएपछि नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न संविधान संशोधन गर्न लागिएको हो ।

गत जेठ ९ मा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गरेकी थिइन् । यसअघि गत बुधबारको प्रतिनिधि सभाका लागि सम्भावित कार्यसूचीमा राखिएको स‌ंशाेधन विधेयक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

Logo