काठमाडौं ।
नेपाल फोटो पत्रकार महासंघलाई मेगा ड्रीम बहुउद्देस्यीय सहकारी संस्थाले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेकोछ ।
उक्त परिणामको प्रेस ज्याकेट संस्थाका प्रवन्ध संचालक महाशंकर रेग्मीले महासंघ केन्द्रीय अध्यक्ष ध्रुब आलेलाई काठमाडौंमा हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी र काठमाडौं शाखाका सचिव किरण पन्थको उपस्थिती थियो । कोरोनाको जोखिममा फिल्डमा रिपोर्टिङ गर्दा फोटो पत्रकारलाई अत्यावश्यक रहेकाले प्रेस ज्याकेट सहयोग गरिएको हो ।
पछिल्लो समयमा विभिन्न संघसंस्थाहरुले प्रदान गरेको प्रेस ज्याकेट, मास्क र स्यानिटाईजर महासंघले विभिन्न जिल्लामा कार्यरत फोटो पत्रकारहरुलाई उपलब्ध गराउँदै आइरहेकोछ ।





























प्रतिक्रिया