काठमाडौं । सरकारले पुनर्निर्माणको बाँकी काम आगामी आर्थिक वर्षमा पूरा गर्ने जनाएको छ । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै पुनर्निमाणको बाँकी काम एक वर्षभित्र पूरा गर्ने बताएका हुन् । बाँकी पुनर्निर्माणका लागि सरकारले ५५ अर्ब बजेट विनियोजन गरेको छ ।
निर्माणाधीन धरहरा, रानीपोखरी, सिंहदरबारको मूल भवन लगायत भूकम्पपछिको पुनर्निर्माणका काम आगामी आर्थिक वर्ष सम्पन्न गरिने मन्त्री खतिवडाले बताए । त्यस्तै निजी, आवास, पुरातात्विक सम्पदा, विद्यालय भवन स्वास्थ्य संस्था, सरकारी भवन र अन्य क्षतिग्रस्त संरचना पुनर्निर्माणकाे काम अगाडि बढाइने उनकाे भनाइ छ ।





























प्रतिक्रिया