सांसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा लगाउन सांसद शाहीको माग

सांसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा लगाउन सांसद शाहीको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सांसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा लगाउन नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा बोल्दै सांसद शाहीले सो माग गरेकी हुन् । जनताले अहिले बाच्न सके मात्र विकास देख्न सक्ने भन्दै जनतालाई मारेर गरिएको विकासले धिक्कार्ने उनको भनाइ छ ।

‘बीच बाटोमा अलपत्र परेकाले सोध्छन् हाम्राे उद्धार कहिले हुन्छ । हामी सरकारलाई सोध्छौँ’– उनले भनिन्–‘ सरकाले भन्छ परीक्षण गर्ने किट र क्वारेन्टाइनकाे अभाव छ। जनताले फेरि सोध्छन् । सांसद विकास कोष के मा खर्च हुन्छ ? हामी भन्छौं, विकासमा । उनीहरूले भन्छन्, हामी बाँचे पो विकास देखौंला, हामी नबाँचे तपाईंले गरेका विकास धिक्कार हुनेछ ।’

Logo