काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनामाथि छानबिन हुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदको जवाफ दिँदै मन्त्री थापाले सो कुरा बताएका हुन् ।
सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुने मन्त्री थापाको भनाइ छ । साथै, मन्त्री थापाले गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको जानकारी दिएका छन् । गत शनिबार रूकुम पश्चिमको चौरजहारीमा आफ्नी प्रेमिकालाई लिन गएका नवराज विक र उनका साथीलाई गाउँलेहरुले कुटपीट गरेका थिए । गाउँलेको कुटपीटबाट बच्न नदीमा हाम फालेका तीन जनाको शव भेटिएको छ । भने अन्य तीन जना अझै बेपत्ता छन् ।





























प्रतिक्रिया