नेपालको कालापानी र लिपुलेक क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा चीन जोड्न सडक बनाएपछि कुटनीतिक तहमा शुरु भएको तनाव ‘साइवर स्पेस’मा समेत प्रवेश गरेको छ। भारतीय पक्षले कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधानको साटो एकतर्फी रुपमा भौतिक संरचना नै निर्माण गरेपछि प्रत्युत्तरमा नेपालले आफ्नो नक्सामा छुटेको कालापानी र लिपुलेक क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि दुवै क्षेत्रमा अहिले यो विवाद नागरिक तहमा पुगिसकेको छ। यसको असर नेपाली चलचित्र क्षेत्रमा पनि परेको छ ।
ह्याकर समुहले नेपालकी एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पुगेको एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक भएपछि अहिले चलचित्र क्षेत्र तनावग्रस्त भएको छ । यसको कानुनी उपचारका लागि तयारी भइरहेको छ ।
कसैको इज्जत र अस्मीतामाथि खेलवाड गर्नेविरुद्ध सबै एकजुट भएर कानुनी उपचार खोज्नु पर्ने नायिका पूजा शर्माले आह्वान गरेकी छन् । इण्डियन स्पाइडर स्क्वाइडले अझै केही नायिकाहरुको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको छ । एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक हुनु र इण्डियन स्पाइडर स्क्वाडको धम्कीले नायिकाहरु चिन्तित बनेका छन् ।

एक नायिकाको फेक अश्लील भिडियो सार्वजनिक भएपछि आपत्ति जनाउँदै नायिका पूजा शर्माले फेसबुकमा लेखेकी छन्, ‘यस्तो घटिया सोच र कार्य गर्नेहरु विरुद्ध हामी सबै विवेकशील प्राणी एक भएर लाग्नु जरुरी छ । कसैलाई पनि कसैको इज्जत अस्मितामा खेलवाड गर्ने अधिकार छैन । कलाकारलाई मात्रै नभर यो सबैलाई पर्न सक्छ । समयमै सजक हौँ । यसको विरुद्ध तुरुन्तै कानुनी उपचार खोजौँ । हाम्रो छात संगठन नेपाल कलाकार संघले तुरुन्तै पहल गरोस् । म हार्दिक अनुरोध गर्दछु । आफ्नो मात्र हैन अरुको पनि इज्जत गर्न सिकौं । यसकोविरुद्ध सबै एकजुट हौं । जय देश, जय नारी अस्मिता ।

व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै हामीले अभिनेत्रीको नाम गोप्य राखेका छौं।





























प्रतिक्रिया