सर्वोच्चकी पहिलो महिला न्यायाधीशको निधन

सर्वोच्चकी पहिलो महिला न्यायाधीशको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिङ शिलुको आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

८१ वर्षीय सिङको पेटमा समस्या भएपछि एक सातादेखि उपचार भइरहेको थियो । पछि उनलाई ब्रैन स्ट्रोक भएको थियो ।

महिलातर्फ पहिलो न्यायाधिश उनी वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष पनि हुन् ।

उनले ०५८ साल वैशाखदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश भएर काम गरेकी थिइन् । उनको आजै दाहसंस्कार गरिने बताइएको छ ।

Logo