भारतबाट फलफूल तथा तरकारी आयात नगर्न कुलेश्वरका स्थानियको दबाब

भारतबाट फलफूल तथा तरकारी आयात नगर्न कुलेश्वरका स्थानियको दबाब


काठमाडौं ।
कुलेश्वर फलफूल तथा तरकारी बजारमा भारतबाट आयात गरेको तरकारी तथा फलफूल बेच्न प्रतिबन्ध गर्न स्थानियले दबाब दिएका छन् ।

कोरोना भाइरस (कोभिड-१९) को नेपालमा संक्रमण बढ्दै गएकाले भारतबाट आयात गरिने फलफूल तथा तरकारीमा पनि कोरोना संक्रमण हुन सक्ने भन्दै व्यावसायीलाई आयात नगर्न स्थानीयले दबाब दिन थालेका हुन् ।

पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएकाले सबैमा सन्त्रास बढेपछि दैनिक उपभोग्य सामान किन्न बाहिर निस्कनेहरूको संख्या घटेपछि यसको असर व्यापारमा परेको छ । भारतबाट आयात गरिएका फलफूल र तरकारीमा संक्रमण हुने सर्वसाधारणको मनोविज्ञानले बजार प्रभावित भएको यहाँका व्यावसायीले बताएका छन् ।

अहिले थोक बजारमा स्याउको मूल्य २ सय, अनार १५० नासपाती ११० र सुन्तला प्रतिकेजी एक सय रुपैंयाँ रहेको छ।

गत चैत ११ गतेदेखि मुलुकभर कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन छ तर लकडाउन भए पनि तरकारी र फलफूल आयात भइरहेको छ। त्यसैले बजार वरपरका स्थानीयले बाहिरबाट फलफूल आयात नगर्न दबाब दिने गरेको कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँले बताए । उनका अनुसार लकडाउनले गर्दा सामान ढुवानीमा समस्या छ। तर पनि आयात गर्न पनि स्थानियले दबाव दिन थालेका छन् ।

आँप उत्पादन किसानले खरिदका लागि व्यावसायीलाई भनिरहेका छन् । तर स्थानीयका कारण बजारमा ल्याउन कठिन भइरहेको उनको भनाइ छ। केही दिन यता फलफूलको मूल्यमा कमी आएको छ भने बिक्री पनि कम भएको छ। लकडाउनसँगै केही समय बन्द रहेको आयात खुला गरिँदा यतिबेला बजारमा भारतबाट फलफूल आइरहेको छ। २ दिनदेखि भारतबाट हुने आयात ठप्प जस्तै भएको उनले बताए ।

Logo