कालापानी विवादित भूमि होइन नेपालको हो, फिर्ता ल्याएरै छाड्छौं: प्रधानमन्त्री ओली (LIVE)

कालापानी विवादित भूमि होइन नेपालको हो, फिर्ता ल्याएरै छाड्छौं: प्रधानमन्त्री ओली (LIVE)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र विवादित भूमि नभई विवादित बनाइएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कालापानीको भूभाग फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्ति गरेका हुन् ।

ओलीले विक्रम सम्बत २०१८ सालसम्म त्यहाँ नेपाल सरकारले तिरो उठाउदै आएको चर्चा गर्दै पछि त्यहाँ नेपालको उपस्थिति बन्द भएको बताए । लिम्पियाधुरा लिपुलेक र कालापानीबाट त्यतिखेरका शासकहरु पछि हटेपनि बर्तमान सरकार पछि नहट्ने अडान राखेका छन्।

उनले कालापानी फिर्ता ल्याएर नेपालमा खुसीको दीपावली गरिने पनि बताए । प्रधानमन्त्री ओलीले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने बताएका छन् ।

Logo