काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो पटक थप १८ जना नयाँ संक्रमित रहेका छन् ।
आज बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
कुल संक्रमित मध्ये ३६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
आज विहान थपिएका नयाँ संक्रमितहरु रौतहटका ८ र बाराका १ जना थिए । हिजो विराटनगर र धनकुटामा नयाँ संक्रमित भेटिएका थिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।






























प्रतिक्रिया