काठमाडौं ।
सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेका भूभाग समेटेर नेपालको नयाँ प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा परराष्ट्र मन्त्रालयको सहमतिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्साको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेकी थिइन् ।
सुगौली सन्धी अनुसारको नेपालको अन्तर्राष्ट्रिय सीमा कायम गर्दै नयाँ नक्सा जारी गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएपछि बैठकले सो प्रस्ताव पारित गरेको हो ।
सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुराबाट आउने काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ। नेपालले पहिलो पटक आफैंले लिम्पियाधुरासहितको नक्सा बनाएको हो ।





























प्रतिक्रिया