चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार गरिने

चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष सरकारले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार गर्ने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् ।

अहिले भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइन संचालनमा आएको भन्दै आगामी वर्ष अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन बिस्तार गरिने उनको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको आव्हानमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

Logo