रोजगार सूचना बैंक स्थापना गरिने

रोजगार सूचना बैंक स्थापना गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी वर्षमा रोजगारी प्रबर्धन गर्न रोजगार सूचना बैंक स्थापना गर्ने भएको छ । शुक्रबार सरकारको आव्हानमा राष्ट्रपतिले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।

सूचना बैंकले रोजगारीको खोजीमा रहेका र रोजगारदाताबीच सूचना आदानप्रदान गरेर सम्पर्क गराउने जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको आव्हानमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

Logo