कोरोना अपडेटः देशभर करिब ८५ हजार परीक्षण

कोरोना अपडेटः देशभर करिब ८५ हजार परीक्षण


काठमाडौं । बिहिबारको तथ्यांक अनुसार देशभर कोरोना भाइरसको ८४ हजार ९ सय ९१ परीक्षण गरिएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ ।

त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर २२ हजार ६ सय ६४ पीसीआर परीक्षण गरिएको छ । भने ६२ हजार ३ सय २७ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ नमुना परीक्षण गरिएको छ ।

देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १५ हजार ६ सय रहेको छ भने आइसोलेसनमा रहनेको संख्या २ सय ७२ रहेको छ । जसमध्ये उपत्यकामा ६ जना र उपत्यका बाहिर २ सय ६६ जना रहेका छन् ।

त्यस्तैगरी बिहिबारसम्म देशभर संक्रमितको संख्या २ सय ४६ पुगेको छ । कूल संक्रमितमध्ये १ सय ९८ जना पुरुष र ४८ जना महिला रहेका छन् । बिहिबार मात्रै थप तीन जनामा संक्रमण देखिएको छ । नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ । घर फर्किएका कूल ३५ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । त्यस्तैगरी आजसम्म दिउँसो ४ः१५ मा हुँदै आएको स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट भोलिदेखि एक घण्टा अगाडि सारिएको मन्त्रालयले जनाएको छ । भोलिदेखि दिउँसो ३ः१५ देखि पत्रकार सम्मेलन शुरु हुनेछ ।

Logo