काठमाडौं ।
मंगलबार राति काठमाडौं र आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ ।
११ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सँगै स्थानियहरु डरले घर बाहिर निस्किएका थिए । भूकम्पको क्षति बारे हाल सम्म केहि जानकारी प्राप्त भएको छैन ।
प्रतिक्रिया