अरनिको स्कुलका पूर्वविद्यार्थीहरूद्वारा राहत वितरण

अरनिको स्कुलका पूर्वविद्यार्थीहरूद्वारा राहत वितरण

केन्द्रबिन्दु
0
Shares

विराटनगर । विराटनगरमा रहेको अरनिको स्कुल ‘ब्याच १९९७’ का विद्यार्थीहरूले विपन्नलाई राहत वितरण गरेका छन् । उनीहरुले गत वैशाख १८ गते पहिलो पटक ७५ प्याकेट राहत सामग्री विभिन्न ठाउँमा वितरण गरेका थिए ।

दोश्रोपटक विराटनगरकै फुड डेलिभरी स्टार्ट अप “बिराट फुड्स” सँग सहकार्य गर्दै प्रभु पौड्याल र अरनिको बोर्डिंग स्कुल ब्याच ०९७ की  डा. मीरा आचार्यको संयोजकत्वमा सुनसरीस्थित सीतापुरमा अति बिपन्न परिवारलाई ५० प्याकेट राहत वितरण गरिएको छ ।

विभिन्न पेशामा आवद्ध भएका भूतपूर्व बिद्यार्थीले राहत बाँड्नमा विराट फुड्सको डिजिटल प्लाटफर्मले सहजिकरण गरेको संयोजक आचार्यले बताइन् । उनले भनिन् , “राहत बाँड्न वा गरिब दुःखीको सेवा गर्ने इच्छा मात्र भएर नहुने रहेछ, यसलाई सहजीकरण गरिदिने वातावरण मिलाइदिने हो भने मात्र सम्भव हुन्छ “।

यस अघि पिचरा, तेतरिया, मिलनचोक आदिमा समेत राहत सामग्री वितरण गरिसकेको उनले जानकारी गराइन् । उनले भनिन्, विद्यार्थीहरु को एउटा सानो समूहले पनि परिवर्तन ल्याउन सम्भव छ । सोच र इच्छा हुँदा जसले पनि सहयोग गर्न सक्छ भन्ने मानसिकतालाई मध्यनजर गर्दै यस्तो विपतको घडीमा सबैले एक आपसमा सहयोगको भावना राख्नु पर्छ।

पहिलो पटक राहत वितरण गर्दा केहि समस्या भएपनि अहिले विराट फुड्सको सहकार्यमा उक्त स्टार्ट अपले नै प्याकेजिङ गरिदिएकोले सजिलो महसुस भएको उनले जानकारी दिइन् ।

Logo