कन्ट्रयाक्ट ट्रेसिङ टोली कपिलवस्तुमा

कन्ट्रयाक्ट ट्रेसिङ टोली कपिलवस्तुमा

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।

मायादेवी गाउँपालिका–४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु आएको छ ।

टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग छलफल गरेको थियो । प्रादेशिक अस्पतालका डा यदुनाथ घिमिरेको नेतृत्वमा टोली सङ्क्रमितको अभिरावस्थित घरमा पुगेको प्रजिअ पौडेलले जानकारी दिए ।

टोलीले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी आवश्यक परीक्षणसमेत गर्नेछ । टोली पकडीस्थित छत्रपाली तीर्थादेवीको क्वारेन्टाइनमा समेत जानेछ । अभिरावका १६ र २२ वर्षका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो ।रासस

Logo