करोडौंका उपकरण किन्ने सरकारको गोप्य निर्णय

करोडौंका उपकरण किन्ने सरकारको गोप्य निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानन हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो । सरकारका प्रवक्ता अर्थमन्त्री एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामग्रीबारे केही बताएका छैनन् । ‘हाल आवश्यक नरहेको सामग्री खरिद गर्ने निर्णय सार्वजनिक हुँदा सरकारको विरोध हुन सक्ने भन्दै गोप्य राखिएको हो’, गृह मन्त्रालय स्रोतले भन्यो।

गृहमन्त्री रामबहादुर थापाले प्रहरीका लागि थप एउटा वाटर क्यानन र पाँचवटा सिमुलेटर खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा राखेका थिए । नेपाल प्रहरीसँग हाल सातवटा वाटर क्यानन छन् । गतवर्ष मात्रै पाँचवटा वाटर क्यानन किनिएको थियो । कोरोना संकटका बेला थप वाटर क्यानन आवश्यक नभए पनि किन्ने निर्णय गरिएको स्रोतको दाबी छ। विभिन्न मन्त्रालयबाट अघि बढाइएका खरिद प्रक्रिया रोकेको सरकारले प्रहरीलाई तत्काल आवश्यक नरहेको वाटर क्यानन किन्ने निर्णय गरेपछि यसमा चलखेल भएको आशंका गरिएको स्रोतले बतायो ।

नेपाल प्रहरीले चार वर्षदेखि आवश्यक हतियार किन्न सकेको छैन। आवश्यक हतियार खरिद गर्न नसकेका बेला तत्काल नभए पनि हुने सिमुलेटर र वाटर क्यानन किन्ने निर्णयमा पुग्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री थापालाई कसले उक्सायो भन्ने प्रश्न उठेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एउटा वाटर क्याननको मूल्य चार करोड रुपैयाँभन्दा बढी पर्छ । स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रहरीले जुलुस, भीड नियन्त्रणमा लिन सुरुमा पानीको फोहोरा हान्नुपर्छ।

सोही अनुरुप भीड तितरबितर पार्न वाटर क्यानन प्रयोग हुँदै आएको छ। अश्रुग्यास प्रहार गर्दा मानिस घाइते र बिरामी हुन सक्ने भएकाले भीड नियन्त्रणमा वाटर क्यानन प्रयोगलाई राम्रो मानिन्छ । यसले निश्चित क्षेत्रमा तीव्र गतिमा पानी फ्याँक्ने गर्छ। वाटर क्यानन पहिलो पटक सन् १९३० मा जर्मनीमा दंगा नियन्त्रणका लागि प्रयोग भएको थियो । त्यसयता विश्वका विभिन्न देशका प्रहरी संगठनले यसको प्रयोग गर्दै आएका छन्।

सिमुलेटर गोली ताकेर हान्ने तालिमका लागि आवश्यक पर्ने उपकरण हो । यसबाट ठीक ठाउँमा गोली प्रहार गर्ने तरिकाबारे जानकारी लिन सकिन्छ।नागरिकबाट

Logo