गौतमबुद्धले देखाएको मार्ग सबैका लागि अनुकरणीय : उपराष्ट्रपति

गौतमबुद्धले देखाएको मार्ग सबैका लागि अनुकरणीय : उपराष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाउनुभएको सत्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहि आएको बताएका छन् । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेका वर्तमान विश्व सन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताएका छन् ।

कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिङ्गो मानव समुदाय एकताबद्ध हुन र धैर्य गर्न आवश्यक रहेको भन्दै उनले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको कठिन परिस्थितिमा गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक बनेको उल्लेख गरेका छन् । उपराष्ट्रपतिले गौतमबुद्धले दिएको उपदेशलाई हृदयङ्गम् एवं आत्मसात् गर्न सकिएमा कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्नुका साथै राष्ट्र तथा विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी आजै परेको किराँत समुदाय (राई, लिम्बू, सुनुवार र याक्खा) को ठूलो पर्व उभौली तथा चण्डी पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले देश विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपतिले बुद्ध जयन्ती र उभौली पर्वले कोरोना भाइरसविरुद्ध लड्न तथा शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत दिएका छन् ।रासस

Logo