काठमाडौं ।
संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।
अधिवेशनका लागि संसद हलमा सामाजिक दूरी कायम हुने गरी बसाईको व्यवस्थापन मिलाइसकिएको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते नयाँ बजेट ल्याउनु पर्ने हुन्छ ।





























प्रतिक्रिया