कोरोना रोकथामका लागि होण्डाले ‘जिम्मेवार नेपाली म’ अभियान सञ्चालन गर्दै

कोरोना रोकथामका लागि होण्डाले ‘जिम्मेवार नेपाली म’ अभियान सञ्चालन गर्दै


काठमाडौं ।

होण्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले कोरोना भाइरसले मुलुकमा जारी लकडाउनको समयलाई ध्यानमा राखेर ‘जिम्मेवार नेपाली म’ अभियान सुरु गरेको छ ।

यति बेला विश्व कोरोना महामारीले आक्रान्त भएको छ । यसले गर्दा आम मानिस सन्त्रासमा रहेका छन् । त्यसैले होण्डाले भाइरस नियन्त्रणका लागि हामी नेपाली जिम्मेवार हुनु पर्छ भनेर यो अभियान चलाएको हो।

यस अन्तर्गत ‘आफ्नो भन्दा अरुको जीवनलाई प्राथमिकता दिएर फ्रन्टलाइनमा काम गर्ने ती सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सम्मान गर्ने, स्थानीय निकाय तथा नेपाल सरकारद्वारा जारी गरिएका आदेशहरुलाई नियमपूर्वक पालना गर्ने र कुनै पनि सूचना तथा समाचारहरु पहिले आफूले प्रमाणीकरण गरेर मात्र अरुलाई भन्ने प्रतिवद्धता जनाउनु पर्ने रहेको छ।

यसरी कुनै एक ब्यक्तिले गरेको प्रतिबद्धता बापत होण्डाले कोरोना भाइरस नियन्त्रणका लागि प्रदान गरिने कोषमा एक सय रुपैयाँ प्रदान गरीदिने बताएको छ। यसरी सबै गरी सरकारलाई १० लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गर्ने होण्डा नेपालको योजना छ ।

यो अभियानमा सहभागिताका लागि कुनै पनि ब्यक्तिले होण्डा नेपालको लिंकमा गएर आफ्नो प्रतिबद्धता पेश गर्नु पर्नेछ । सो अभियान अन्तर्गत ‘जिम्मेवार नेपाली’ बन्ने प्रतिबद्धता ब्यक्त गर्न सकिन्छ ।

Logo