प्रदेश २ मा कोरोना भाइरस फैलिनुको दोष मूख्यमन्त्री मो. लालबाबु राउतलाई लगाईएको छ । बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालले आज एक विज्ञप्ती जारी गर्दै उक्त दोष मूख्यमन्त्री राउतलाई दोष लगाएको हो । पार्टीका अध्यक्ष किशोर कुमार विश्वासले उक्त विज्ञप्ती जारी गरेका हुन् ।
संक्रमित १४ मध्ये ९ जना भारतवाट आएकाहरु रहेको भन्दै विज्ञप्तीमा भनिएको छ, – ‘जसका वारेमा यसअघि नै हामीले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका थियौं । यो घटना हाम्रो ध्यानकर्षणलाई बेवास्ता गर्दाको परिणाम हो ।’ विज्ञप्तीमा अगाडि भनिएको छ, –‘ प्रदेश नं २ को वीरगञ्जमा भेटिएका ३ जना तबलिगी जमातीहरु भारतवाट संक्रमित भई नेपाल प्रवेश गरेको प्रमाणित भएको छ ।संघीय सरकार, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र २ नं प्रदेशको संयुक्त सरकारको लार्पवाही, गैह् जवाफदेहीता, अर्कमन्यता र गलत नीतिका कारण प्रदेश नं २ लगायत देशैभर संक्रमितहरुको संख्या बढ्ने खतरा देखिएको छ ।’
ती संक्रमित तब्लिगी जमातीहरु दिल्लीमा निजामुद्धिन मर्कसमा भाग लिई संक्रमित भई पुन नेपाल प्रवेशगरी प्रदेश नं २, १ र ५ का मस्जित र मदर्शाहरुमा सेल्टरलिई हजारौंको संख्यामा बसेको विषयमा समेत पार्टीले विगतमा ध्यानाकर्षण गराएको तर, सरोकारवालाहरुले ध्यान नदिएको समेत विज्ञप्तीमा दावी गरिएको छ ।
‘लकडाउनको सार्थकता र निरन्तरता तव मात्र सफल हुन्छ, जव भारत र चीनसँगका सम्पूर्ण सीमा ‘सिल्ड’ गरिने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिनु पर्दछ । भारतवाट इन्धन, खाद्यान्न सामाग्री र कच्चा पदार्थ लगायतका सामाग्रीको ढुवानी साधनवाट संक्रमितहरुको नेपाल प्रवेश कडाईका साथ बन्द गरिनु पर्दछ ।’ विज्ञप्तीको अन्त्यमा भनिएको छ, ‘देशभरीका मस्जित र मदर्शाहरुमा लुकेर बसेकाहरुको अबिलम्ब स्वास्थ्य जाँच गरिनुपर्दछ । यी सम्पूर्ण चुनौतीहरुलाई परास्त गर्नकालागि ‘सेल्फ आइसोलेसन’बाट बाहिर निस्की प्रधानमन्त्रीले पूर्णकालीन रुपमा सक्रिय हुन हाम्रो आग्रह छ ।’
प्रेस विज्ञप्ती जस्ताको त्यस्तै
सञ्चारकर्मी मित्रहरु, तीन हप्ते लकडाउनको उत्तरार्धमा कोरोना भाइरसवाट संक्रमित हुनेको संख्या १४ पुगेको छ । १८ सय ५० किलोमिटर भारतसँगको खुल्ला सिमानाका कारण ९ जना संक्रमितहरु भारतवाटै नेपाल प्रवेश गरेको प्रमाणित भएको छ । त्यसमा पनि हिजोमात्रै कोरोना संक्रमित पहिचान गरिएका तीनजना भारतीयहरु लुकिछिपी नेपालमा बसेको ‘ओपन सेक्रेट’ समाचारले मुलुकलाई नै आतंकित पारेको छ । जसका वारेमा यसअघि नै हामीले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका थियौं । यो घटना हाम्रो ध्यानकर्षणलाई बेवास्ता गर्दाको परिणाम हो ।
प्रदेश नं २ को वीरगञ्जमा भेटिएका ३ जना तबलिगी जमातीहरु भारतवाट संक्रमित भई नेपाल प्रवेश गरेको प्रमाणित भएको छ । संघीय सरकार, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र २ नं प्रदेशको संयुक्त सरकारको लार्पवाही, गैह् जवाफदेहीता, अर्कमन्यता र गलत नीतिका कारण प्रदेश नं २ लगायत देशैभर संक्रमितहरुको संख्या बढ्ने खतरा देखिएको छ । मुलत संघीय सरकार, समाजवादी पार्टीका अध्यक्षद्धय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, मूख्यमन्त्री मो. लालबाबु राउत गद्धी, राजपाका नेताहरु र उनीहरुको संयुक्त सरकारले गत फागुन ३,४ र ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलन ‘इस्तीमा’ गर्न दिने निर्णय र स्वीकृति प्रति गम्भीर भुल भएको समेत प्रमाणित भएको छ । नेपाल, पाकिस्तान, इन्डोनेसिया, चीन लगायतका १५ देशहरुका जमातीहरुले सप्तरीको इस्तीमामा भाग लिएका थिए । लगत्तै ती तब्लिगी जमातीहरु दिल्लीमा निजामुद्धिन मर्कसमा भाग लिई संक्रमित भई पुन नेपाल प्रवेशगरी प्रदेश नं २, १ र ५ का मस्जित र मदर्शाहरुमा सेल्टरलिई हजारौंको संख्यामा बसेको गम्भीर विषयका सम्बन्धमा सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएका थियौं ।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सुरक्षा निकायहरुलाई यी जमातीहरुको ट्राभल हिस्ट्री, मेडिकल हिस्ट्री, ट्रयाकिङ र ट्रेसिङ अबिलम्ब गर्न गराउन सजग र सचेत समेत गराएका थियौं । दुर्भाग्यबस कुनै पनि निकाय र सरोकारहरुले ध्यान नदिएको तीतो यथार्थ पनि स्मरण गराउन चाहान्छौं ।
कोरोना भाइरसका कारण नेपाल लगायत विश्वभरी दशौं लाखमा संक्रमण र लाखौंको संख्यामा मृत्यु भएको छ । दक्षिणपूर्वी एसियाका देशहरु मध्ये दुई छिमेकी चीन र भारतमा संक्रमितको संख्या र मृतकको संख्या दिनानुदिन बृद्धि भइरहेको छ । नेपालमा समेत भारत, चीन, बेल्जियम र फ्रान्सवाट आएकाहरु मध्ये १४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । यस महामारीका कारण मुलुकको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, भौतिक विकास, पूर्वाधार निर्माण लगायत लकडाउनका कारण जनजीवन अस्तब्यस्त भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार यस कोरोना भाइरस महामारीको पहिचान, परीक्षण, नियन्त्रण र उपचार जनचाहाना र जनअपेक्षा अनुरुप क्रियाशील भएको पाईदैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार पनि सरकार चलेको छैन भन्ने समेत पुष्टि भइसकेको छ । त्यसैगरी गरिव, मजदुर, किसान र अतिविपन्न बृद्ध–बृद्धाहरुको राहात एंव ब्यवस्थापनमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार असफल भइसकेको हाम्रो ठहर छ ।
लकडाउनको सार्थकता र निरन्तरता तव मात्र सफल हुन्छ, जव भारत र चीनसँगका सम्पूर्ण सीमा ‘सिल्ड’ गरिने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रि उडानहरु बन्द गरिनु पर्दछ । भारतवाट इन्धन, खाद्यान्न सामाग्री र कच्चा पदार्थ लगायतका सामाग्रीको ढुवानी साधनवाट संक्रमितहरुको नेपाल प्रवेश कडाईका साथ बन्द गरिनु पर्दछ । देशभरीका मस्जित र मदर्शाहरुमा लुकेर बसेकाहरुको अबिलम्ब स्वास्थ्य जाँच गरिनुपर्दछ । यी सम्पूर्ण चुनौतीहरुलाई परास्त गर्नकालागि ‘सेल्फ आइसोलेसन’वाट वाहिर निश्की प्रधानमन्त्रीले पूर्णकालीन रुपमा सक्रिय हुन हाम्रो आग्रह छ । धन्यबाद ।
किशोर कुमार विश्वास
अध्यक्ष, बहुलराष्ट्रिय समाजवादी पार्टी नेपाल





























प्रतिक्रिया