काठमाडौं ।
आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हो । नेपालभर एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
नयाँ वर्षले नयाँ जोस र उमंग ल्याओस भन्ने सबैको कामना छ । यद्यपी विगत जस्तो खुलेरै नयाँ वर्ष भने यस वर्ष मनाउन पाइएन । तैपनि घर भित्र बसेरै पनि सबैले हाँसी खुशी नयाँ वर्षलाई स्वागत गरिरहेका छन् ।
नयाँ वर्षको पहिलो सूर्योदय आज लुम्बिनीबाट कस्तो देखियो त ? केन्द्रबिन्दुकर्मी राजेश खातीले कैद गरेर पठाएका केहि तस्वीरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं । हेरौं सूर्योदयको फोटोफिचर :
















तस्वीरहरु : राजेश खाती/ केन्द्रबिन्दु





























प्रतिक्रिया