सरकारले खोस्यो अवैतनिक महावाणिज्यदूतहरूको सुविधा

सरकारले खोस्यो अवैतनिक महावाणिज्यदूतहरूको सुविधा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विभिन्‍न देशका लागि अवैतनिक दूतका हैसियतमा प्राप्त सेवा सुविधाको दुरुपयोग भएको भन्दै सरकारले ती सुविधा फिर्ता लिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विभिन्‍न देशका लागि महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिएको जनाएको छ ।

किर्गिजस्तानका अवैतनिक महावाणिज्य दूत सुलभ अग्रवाल कूटनीतिक सवारी साधन प्रयोग गरेर कालोबजारीमा संलग्‍न भएको अवस्थामा पक्राउ परेसँगै सरकारले सबै महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा खोस्‍ने निर्णय गरेको हो। पक्राउ परेका अग्रवालको जिम्मेवारी खोसिएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार ७ दिनका लागि हिरासतमा पठाएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गरेर सबै अवैतनिक महावाणिज्य दूतहरूलाई प्रदान गरिएको सुविधा फिर्ता लिने निर्णय भएको जनाएको छ। कूटनीतिक प्रयोगको लागि प्रदान गरिएको पद र सुविधा गैरकानुनी गतिविधिमा प्रयोग गरेको पाइएपछि परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरूलाई प्रदान गर्दै आएका सेवा र सुविधा फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमा लेखिएको छ। उक्त सुविधा अन्तर्गत कूटनीतिक नियोगले प्रयोग गर्ने निलो नम्बर प्लेटको सवारी साधन र झन्डा रहेको छ।कान्तिपुरबाट

Skip This
Skip This
Logo