मकवानपुरको थाहा नगरपालिका १० स्थित बिसिङखेलको जंगलमा शनिबार १२ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।
शनिबार मध्यान्ह १२ बजेदेखि आगो लागेको थियो । शनिबार चनवन ब्यारेकका जवान र स्थानीयले दिउँसो केहीबेर आगो नियन्त्रणमा लिएको भएपनि साँझ ६ बजेबाट फेरि आगो सल्किन थालेको हो।
सुकेको पत्कर धेरै भएको र हावाहुरी बढेकाले आगो झन् सल्किन थालेको संचारकर्मी मुक्तिनाथ उप्रेतीले जानकारी दिए।

बन नजिकैको जग्गा धनीले काँडा पोल्ने क्रममा आगो बनतिर सल्किएको हो ।






























प्रतिक्रिया